नेयमार र पुमाबीच खेलकुद इतिहासकै सबैभन्दा ठूलो सम्झौता-Sutra News

नेयमार र पुमाबीच खेलकुद इतिहासकै सबैभन्दा ठूलो सम्झौता

आइतबार, ४ असोज २०७७

आइतबार, ४ असोज २०७७

काठमाडौं- पीएसजीका फर्वार्ड नेयमारलाई लोकप्रिय ब्रान्ड पुमाले खेलकुद इतिहासकै सबैभन्दा धेरै रकम बराबरको स्पोनसरसिप प्रदान गर्ने भएको छ। उनले स्पोनसरसिपबाट वार्षिक २३ मिलियन युरो रकम प्राप्त गर्नेछन्। यो रकम कुनै पनि विधाका खेलाडीले पाएकोभन्दा धेरै हो। 



फुटबल इतिहासकै सर्वाधिक महँगा खेलाडी नेयमार र पुमाबीचको यो ‘डिल’ नाइक कम्पनी र युभेन्टसका रोनाल्डोबीच भएको सम्झौताभन्दा आठ मिलियनले महँगो हो भने एडिडास र बार्सिलोनाका लियोनेल मेस्सीबीच भएको भन्दा पाँच मिलियन महँगो हो।

पुमाले सामाजिक सन्जालमार्फत् सो सम्झौता सम्पन्न भएको जानकारी दिएको छ। यसभन्दा पहिला नेयमारलाई नाइकी कम्पनीले स्पोन्सर गर्दै आइरहेको थियो। अझै पनि दुई वर्षको सम्झौता बाँकी भए पनि नेयमारले सो सम्झौता रद्द गरेका छन्। उनले नाइकीबाट पुमाबाट भन्दा आधा ११ मिलियन रकममात्रै प्राप्त गर्थे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट