७२ औं एम्मी अवार्ड भर्चुअल माध्यमबाट सञ्चालन गरिने-Sutra News

७२ औं एम्मी अवार्ड भर्चुअल माध्यमबाट सञ्चालन गरिने

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

एजेन्सी- यसवर्ष ७२ औं एम्मी अवार्ड भर्चुअल माध्यमबाट घोषणा हुने भएको छ। कोभिड–१९ को महामारीका कारण भर्चुअल माध्यमबाट घोषणा हुन लागेको हो। एम्मी अवार्ड वितरण कार्यक्रम आगामी सेप्टेम्बरमा हुँदैछ।



सञ्चालकका अनुसार भर्चुअल कार्यक्रमलाई जिम्मी किम्मेल स्टेप्ल्स सेन्टरबाट सञ्चालन गर्नेछन्। अघिल्ला वर्षहरूमा थिएटरमा हुने कार्यक्रम यसवर्ष स्टेप्ल्स सेन्टरमा सञ्चालन हुन लागेको सञ्चालकले बताएका छन्।

‘स्टेप्ल्समा कार्यक्रम गर्नुको मुख्य कारण क्रु मेम्बरहरूले यहाँ सामाजिक दुरी कायम गर्न सक्ने भएकाले हो,’ एम्मी अवार्डका निर्मातामध्येका एक रेगिनाल्ड हडलिनले सञ्चारमाध्यमलाई भनेका छन्, ‘यो समयमा मुख्य कुरा नै सुरक्षा हो । त्यसैले यो ठाउँको ठूलो क्षेत्रफलमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गर्न सकिन्छ ।’

कार्यक्रमलाई भर्चअलमाध्यमबाट गरिए पनि व्यापक बनाउने तयारी भने भइरहेको छ। निर्माताका अनुसार उनीहरूले अवार्डमा छनोट हुने हरेक व्यक्ति भएको ठाउँमा क्यामेरा र प्राविधिक उपलब्ध गराइने छ। स्टेप्ल्स सेन्टरमा कम्तीमा १४० भन्दाबढी ठाउँबाट लाइभ हुने सञ्चालक बताएका छन्।

यस पटक छनोटमा पर्नेहरूलाई अगाडी नै आफूले बोल्नुपर्ने कुरालाई रेडर्क गरेर पठाउन अनुरोध गरिएको छ। तर,अवार्ड विजेताले भने लाइभ मै बोल्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट