सञ्जयकी छोरी सानया बलिउड प्रवेश गर्दै-Sutra News

सञ्जयकी छोरी सानया बलिउड प्रवेश गर्दै

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

एजेन्सी–बलिउडमा चलेका कलाकारका सन्तानले पनि सोही क्षेत्रमा आउने कुरा नौलो होइन। थुप्रै अभिनेता तथा अभिनेत्रीका छोराछोरी पनि अहिले बलिउडमा जमिरहेका छन्। यसैबीच बलिउड अभिनेता तथा निर्माता सञ्जय कपुरकी छोरी पनि थपिने भएकी छिन्।



सञ्जय कपुरकी छोरी सानया कपुरले बलिउड प्रवेश गर्न लागेकी हुन्। छोरी सानया कपुरले बलिउड प्रवेश गर्न लागेको बुबा सञ्जय कपुरले पुष्टि छन्। उनका अनुसार कोरोना महामारीका कारण उनको चलचित्रको घोषणामा केही ढिलाई भएको हो। उनले भारतीय सञ्चारमाध्यमलाई भनेका छन्, ‘कोरोना महामारकिा कारण केही ढिला भएको छ। तर, अब चाडै घोषणा हुनेछ भन्नेमा म आशावादी छु।’

सानया यसअघि केही फेसन शो तथा सार्वजनिक कार्यक्रममा देखिएकी छिन्। तर, ठूलो पर्दामा भने उनले हालसम्म प्रवेश गरेकी छैनन्। अब भने उनका प्रसंशकलाई उनको अनुहार ठूलो पर्दामा पनि देख्न पाउने मौका मिलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट