कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

वीरगन्ज- पर्सामा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पोखरिया नगरपालिका–८ की १८ वर्षीय युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो। पर्सामामात्र कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।



मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

२० साउनमा स्वास्थ्यमा समस्या आएपछि उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। पर्सामै साउन १९ गते मृत्यु भएको युवतीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट