कोरोनाबाट अमेरिकामा १ लाख ५० हजार बढीको मृत्यु-Sutra News

कोरोनाबाट अमेरिकामा १ लाख ५० हजार बढीको मृत्यु

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

काठमाडौं- कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ ।



यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट