कोभिड–१९ बाट स्याङ्जाका युवाको साउदीमा मृत्यु-Sutra News

कोभिड–१९ बाट स्याङ्जाका युवाको साउदीमा मृत्यु

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

स्याङ्जा– रोजगारीका लागि साउदी अरब पुगेका गल्याङ्का ३४ वर्षीय रोशन श्रेष्ठको कोभिड–१९बाट मृत्यु भएको छ । गल्याङ नगरपालिका ८ तिनदोवाटे घर भएका श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।



कोभिड–१९ संक्रमण देखिएपछि साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा श्रेष्ठलाई भर्ना गरिएको थियो । उपचारका क्रममा ३५ दिनमा आइतबार उनको मृत्यु भएको बताइएको छ ।

उनी नेपालमा लकडाउन हुनुभन्दा एक दिन अघिमात्र साउदी अरब पुगेका थिए । श्रेष्ठका पत्नी, आमा र एकजना भाइ छन् । पत्नीसहित साउदी बस्दै आएका श्रेष्ठले पछिल्लो पटक पत्नीलाई काठमाडौंमा बस्ने व्यवस्थापन मिलाएर साउदी उडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट