चैतमा मात्रै ७ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य-Sutra News

चैतमा मात्रै ७ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । केही सातादेखि नै सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । निरन्तर बृद्धिका बीच बुधबार सुनको मूल्यले एक लाख ३३ हजार रुपैयाँको बिन्दु छोएको छ । जुन हालसम्मकै सर्वाधिक मूल्य भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।



महासंघका अनुसार मंगलबारको तुलनामा मात्रै बुधबार सुनको मूल्यमा एक हजार आठ सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य करिब चैत लागेसँगै निरन्तर उकालोमा छ । चैतको २१ दिनमा मात्रै सुनको मूल्यमा सात हजार दुई सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।

महासंघका अनुसार चैत १ गते सुनको मूल्य तोलाको एक हजार २५ हजार आठ सय रुपैयाँ थियो ।

महासंघका अनुसार नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने गरिएको छ ।

रुस–युक्रेनबीचको युद्ध रोकिने अनिश्चितता बढेसँगै अन्तर्राष्ट्रिय बजारमा अस्थिरता देखिँदा र डलरको भाउ उकालो लाग्दा सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको महासंघकाे भनाइ छ । जुन अझै बढ्ने आकंलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट