नेपाल टेलिकमले घोषणा गर्‍यो लाभांश, बोनस सेयर र नगद कति ?-Sutra News

नेपाल टेलिकमले घोषणा गर्‍यो लाभांश, बोनस सेयर र नगद कति ?

शुक्रबार, ६ पौस २०८०

शुक्रबार, ६ पौस २०८०

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।



सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ ।

टेलिकमले अहिलेसम्म लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन । तथापी, पछिल्लाे दुई आर्थिक वर्षमा भने बाेनस शेयर दिएकाे छैन ।

कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नै नगद लाभांश प्रदान गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट