नेपाल टेलिकमका टेलिफोन प्रयाेगकर्तालाई निःशुल्क इन्टरनेट !-Sutra News

नेपाल टेलिकमका टेलिफोन प्रयाेगकर्तालाई निःशुल्क इन्टरनेट !

सोमबार, २५ मंसिर २०८०

सोमबार, २५ मंसिर २०८०

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर मार्फत टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकलाई एक महिनासम्म ५० एमबीपीएस गतिकाे इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ ।



कम्पनीले एक विज्ञप्ती जारी गर्दै एनटी फाइबरको टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका तर इन्टरनेट पनि प्रयोग गर्न चाहने ग्राहकलाई एक महिनासम्म ५० एमबीपीएसकाे इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो ।

यसअघि एनटीफाइबर मात्र प्रयोग गरिरहेका तर इन्टरनेट जडान नगरेका प्रयोगकर्ताले एक महिनासम्म निःशुल्क ५० एमबीपीएस इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् । यसका लागि इच्छुक ग्राहकले १९८ मा फोन गरेर वा नजिकको टेलिकमको शाखा कार्यालयमा गएर आफूले इन्टरनेट सेवा उपयोग गर्न चाहेको जानकारी गराउनुपर्ने कम्पनीले जनाएकाे छ ।

ग्राहकले जानकारी गराएपश्चात कम्पनीबाट ग्राहकलाई सम्पर्क गरी वाईफाईको पासवर्ड तथा अन्य आवश्यक विवरण उपलब्ध गराने उल्लेख छ । यो सेवा लिएर ग्राहकले आफूले जडान गरेको ५० एमबीपीएस इन्टरनेट परीक्षण गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट