अनमोल केसी पक्राउ गराएका सुदर्शन थापामाथि पक्राउ पूर्जी, पक्राउ पुर्जीको विवरण पनि उस्तै-Sutra News

अनमोल केसी पक्राउ गराएका सुदर्शन थापामाथि पक्राउ पूर्जी, पक्राउ पुर्जीको विवरण पनि उस्तै

आइतबार, २१ असोज २०८०

आइतबार, २१ असोज २०८०

काठमाडौं। फिल्म ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दियो ।



आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

जाहेरीमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको छ। सोही जाहेरीअनुसार अग्रवाललाई प्रहरीले शुक्रबार दरबारमार्गबाट पक्राउ गरेको थियो ।

उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट