संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा सुरेश अधिकारी-Sutra News

संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा सुरेश अधिकारी

आइतबार, २१ असोज २०८०

आइतबार, २१ असोज २०८०

काठमाडौँ। संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् ।



शनिबार आयोजित समाजको १४ औं साधारण सभाले उनलाई एक कार्यकालका लागि पुनः निर्विरोध अध्यक्ष चुनेको हो ।

सभाले समाजको सदस्यहरुमा चन्द्र शर्मा, बि।पाण्डे, प्रमोद ढुंगाना, वसन्त सापकोटा, शिरीष देवकोटा, पिएन सापकोटा, रामु खड्का, सुजन लम्साल, सुवास रेग्मी र प्रसाद लामिछाने छानेको छ।

समाजको निर्वाचन संयोजकमा अधिवक्ता समेन्तमणि खराल रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट