रियलमीको फ्यान फेस्ट : नयाँ बजेट फ्रेण्डली स्मार्टफोनहरु सार्वजनिक गरिने-Sutra News

रियलमीको फ्यान फेस्ट : नयाँ बजेट फ्रेण्डली स्मार्टफोनहरु सार्वजनिक गरिने

बिहिबार, ४ असोज २०८०

बिहिबार, ४ असोज २०८०

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यहि असोज ५ गते शुक्रबार ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दैछ ।



यस फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११ एक्स र रियलमी ११ ५जी बजारमा सार्वजनिक पनि गर्ने जनाएको छ ।

भेक र यावेशको लाइभ प्रस्तुतिको साथै यस फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहने कम्पनीले जनाएको छ ।

फ्यान फेस्टमा भेकले आफ्ना चर्चित गीतहरू लै बरी लै, एक्लै जिउन सिके, अलपत्र, र अन्य धेरै गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै यावेशले लाखौँ हजाराँै र आकाशले तिमी भएरलगायत आफ्ना अन्य गीतहरु मार्फत दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् ।

आफ्ना ग्राहकहरुलाई स्मार्टफोन मात्र नभई सर्वोत्कृष्ट अनुभव पनि प्रदान गर्ने रियलमीको प्रतिवद्धतालाई यस फ्यान फेस्टले सार्थक रुप दिएको छ ।

सुवेच्छा खड्काले सन्चालन गर्ने यस फ्यान फेस्टमा एभरेष्ट क्रुको नृत्य पनि रहनेछ । साथै विभिन्न रमाईला गेमहरु पनि राखिएको यो फ्यान फेस्टमा सहभागीहरुले आकर्षक उपहारहरु पनि जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट