सामसङको दसैँ अफर : ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’-Sutra News

सामसङको दसैँ अफर : ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडाैं । हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना ग्राहकहरुका लागि उत्साहजनक ग्राहक प्रवर्द्धन योजना ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ शुरु गर्ने भएको छ।



जब ग्राहकले कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्नेछन्, तब त्यो उपकरण मात्र होइन, हरेक दिन उपहार स्वरुप रु.२ लाख ३३ हजार ९०० मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसी जित्ने अवसर पनि पाउनेछन्।

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’

शिर्षकले भने जस्तै, यो वर्ष सामसङ नेपालले हरेक दिन उपहारमा एउटा टिभिएस एनटर्क १२५ सीसी प्रदान गर्नेछ, जस अनुसार जम्मा २५ दिनमा २५ जना विजेताहरुले उक्त उपहार प्राप्त गर्ने पक्का छ।

यस योजना अन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जो कोही ग्राहकयस योजनामा सहभागी बन्न सक्नेछन् र शनिबार बाहेक हरेक दिन एक टीभीएस एनटर्क १२५ सीसीको भाग्यशाली विजेता बन्न सक्नेछन्।

कम्पनीका अनुसार शनिबार यो योजना नभएपनि शनिबारको दिन प्रवर्द्धन योजनामा सहभागी भएका ग्राहकहरुको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ। योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिनेछ।

यो योजना २०८० असोज ५ गते शुरु भई २०८० कात्तिक ३ गतेसम्म कायम रहनेछ। यद्यपि ग्राहकहरुले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नेछन्। असोज २ देखि असोज ५ सम्म प्राप्त भएका ईन्ट्रीहरुलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ। लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

सामसङ नेपालको २५ टीभीएस एनटर्क १२५ सीसी जित्नका लागि सहभागी हुने प्रक्रियाहरुः

१. सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गर्नुहोस्।

२. नयाँ खरीद गरिएको उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#06# डायल गर्नुहोस्।

३. SAMSUNG<space>सिरियल नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्नुहोस्।

४. ईन्ट्रीको पुष्टि तुरुन्तै पाउनुहोस् र परिणामको प्रतिक्षा गर्नुहोस्। विजयी सिरियल नम्बरहरुको घोषणा इमेज च्यानलमार्फत् गरिने लाइभ लक्की ड्रमा गरिनेछ, जुन परिणाम भोलिपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिनेछ।

यति मात्र होइन, अर्को एक आकर्षक अफर पनि रहेको छ। सामसङ स्मार्टफोन वा ट्याब्लेट सासमङको सुविधाजनक इन्स्टा फाइनान्स सुविधा अन्तर्गत मासिक किस्तामा ० प्रतिशत ब्याजदरका साथ किन्ने अवसर पनि छ।

देशभरमा रहेका ३०० भन्दा बढी सासमङ इन्स्टा फाइनान्स सुविधा रहेको आउटलेटका साथै २२ वटा सामसङ एक्सपिरिएन्स स्टोरहरुबाट तपाईंले सजिलैसँग आफ्नो स्मार्टफोन अनुभवलाई आजै राम्रो बनाउन सकिने कम्पनीले जनाएको छ। र, यसको लागि मात्र लाग्नेछ थोरै मासिक किस्ता रकम।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट