इनड्राइभका निर्देशकले भने– कम्पनी सरकारी स्वीकृतिको पर्खाइमा छ-Sutra News

इनड्राइभका निर्देशकले भने– कम्पनी सरकारी स्वीकृतिको पर्खाइमा छ

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौं । नेपालमा ‘राइड शेयर’ सेवाको लोकप्रियतासँगै ‘इनड्राइभ’ पनि नेपालमा प्रवेश गरेको छ । इनड्राइभले राइड शेयर कम्पनीहरूको भीडमा बिस्तारै लोकप्रियता प्राप्त गर्दैछ।



अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुहरूका लागि सस्तो भाडा र चालकहरूका लागि कुनै कमिशन नभएका कारण यो लोकप्रिय रहँदै आएको छ।

एशिया प्यासिफिक (एपीएसी)का लागि इनड्राइभका निर्देशक रोमन एर्मोसिन हाल काठमाडौंमा छन् । काठमाडौंमा रहेका निर्देशक रोमले नेपाली सञ्चारमाध्यमसँग कम्पनीको वर्तमान अवस्था र आगामी योजनाका बारे छलफल गरेका छन् ।

सो अवसरमा इर्मोशिनले इनड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको जानकारी दिए । “अहिले हामी परीक्षणकै चरणमा छौं, सरकारी निकायबाट स्वीकृतिको प्रक्रियालाई अघि बढाएका छौं”, उनले भनेका छन् ।

इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो । यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा १० करोडभन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिइरहेको छ । कम्पनीले छिट्टै आफ्नो सेवालाई थप व्यवस्थित बनाउने पनि प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट