प्रेम र मिलनले ल्याए ‘जमाना छ मोबाइलको’(भिडियोसहित)-Sutra News

प्रेम र मिलनले ल्याए ‘जमाना छ मोबाइलको’(भिडियोसहित)

आइतबार, १७ भाद्र २०८०

आइतबार, १७ भाद्र २०८०

काठमाडौं । गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ। प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।



तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ । विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यहि कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो।

भिडियोमा सुजनराज सिवाकोटी,पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय रहेको छ। गोपाल नेपालीले छायाँकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका हुन् ।

पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो।

भिडियो लिंक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट