सरकारलाई प्रभु साहको प्रश्न : गौर हत्याकाण्डबारे पीडितसँगको सहमति के भयो ?-Sutra News

सरकारलाई प्रभु साहको प्रश्न : गौर हत्याकाण्डबारे पीडितसँगको सहमति के भयो ?

बिहिबार, ७ भाद्र २०८०

बिहिबार, ७ भाद्र २०८०

काठमाडौँ। सांसद प्रभु साहले गौर हत्याकाण्डको विषयमा पीडितहरुसँग भएको सहमति के भयो भन्दै प्रश्न गरेका छन् ।



बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार र पीडितबीच भएको सहमतिलाई गठबन्धन दलभित्र अर्कै व्याख्या गरेर केही दिनभित्रै भ्रम फैलाएको बताए ।

उनले सरकारको यो विषयमा धारणा के हो भन्दै प्रश्न गरे । उनले नेपाल प्रहरीले यो घटना किन अघि बढाउन नसकेको भन्दै प्रश्न गरे ।

“गौर हत्याकाण्डको विषयमा के भएको छ, जान्न चाहन्छु । सरकार र पीडितबीच सहमति भयो । तर, केही दिन नबित्दै गठबन्धनको नाममा भ्रमपूर्ण कुरा आएको छ । पीडित चिन्तित छ । सरकारले धारणा के हो स्पष्ट भन्नुपर्छ,” उनले भने, “कानुनको शासन छ कि छैन ? कानुन लाग्छ कि लाग्दैन? घटनाको १७ वर्ष बितिसक्दा पनि किन न्याय भएन?”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट