एसिया कप खेल्न पाकिस्तान जाने टिमसँग सन्दीप लामिछाने नजाने-Sutra News

एसिया कप खेल्न पाकिस्तान जाने टिमसँग सन्दीप लामिछाने नजाने

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०

काठमाडौँ । एसिया कप क्रिकेट खेल्न स्पीनर सन्दीप लामिछाने टिमसँग नजाने भएका छन्। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो।



यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदैछ। लामिछाने मुद्दाका कारण मंगलबार नजाने क्यानले जनाएको छ ।

एसिया कप खेल्न लामिछाने टिमसँग नजाने टिमका व्यवस्थापक प्रदीप मजगयाले बताए। आज नेपाल क्रिकेट संघले खेलाडीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले आफूहरु भारत–पाकिस्तानसँग खेल्न तयार भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट