पढ्न छाडेर उद्यम, १९ वर्षमा १२ अर्बको मालिक-Sutra News

पढ्न छाडेर उद्यम, १९ वर्षमा १२ अर्बको मालिक

सोमबार, २९ जेष्ठ २०८०

सोमबार, २९ जेष्ठ २०८०

विश्वप्रसिद्ध स्ट्यानफोर्ड विश्वविद्यालयमा कम्प्युटर साइन्स अध्ययन गरिरहेका भारतीय आदित पालिचालाई उद्यमी बन्न मन लाग्यो। उद्यमी बन्नकै लागि भनेर उनले पढाइ छोडे ।



१७ वर्षको उमेरमा उनले सुरु गरेको एउटा कम्पनी असफल बनिसकेको थियो। तर उद्यमी बन्ने सपना असफल बनेको थिएन। यसका लागि उनले अर्को जोखिम मोल्ने निर्णय गरे। अनि आफ्ना साथी कैवल्य बोहरासँग किनेर ‘किराना कार्ट’ नामको स्टार्टअप सुरु गरे। दुर्भाग्य ! दस दिनमै बन्द भयो।

उनी हार खाएनन्। अगाडि बढ्दै जाँदा फेरि ‘जेप्टो’ स्थापना गरे। सन् २०२१ मा सुरु भएको यो स्टार्टअपले सफलता हासिल मात्रै गरेन, एक वर्षमा ७४ अर्ब भारुको कम्पनीसमेत बन्यो।

जेप्टोको सफलताले आदित्यको जीवन नै परिवर्तन गरिदियो र उक्त कम्पनी २०२० मा १२ अर्ब भारु नेटवर्थ भएको कम्पनीको मालिक पनि बने । यस्तै कोफाउन्डर कैवल्यको नेटवर्थ १० अर्ब भारु पुग्यो । उनीहरु भारतका सबभन्दा कान्छा करोडपति बने। यो उपलब्धि उनीहरुले १९ वर्षमै हासिल गरेका हुन् ।

२०२२ मा जेप्टोको भ्यालुएसन ७४ अर्ब २० करोड भारु पुग्यो । यो उपलब्धि कम्पनीले एक वर्षमा हासिल गरेको हो। कम्पनी सफल भएपछि आदित्य र कैवल्य दुवै जना अरबपति बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट