पराजित भएपनि जनताको घरदैलोमा बस्नेत-Sutra News

पराजित भएपनि जनताको घरदैलोमा बस्नेत

शनिबार, १७ मंसिर २०७९

शनिबार, १७ मंसिर २०७९

मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नम्बर ६(२)बाट उम्मेदवार बन्नुभएका पर्शुराम बस्नेतले पराजित भएपनि जनताको घरदैलोमा पुगेर धन्यवाद ज्ञापन गर्ने अभियान चलाएका छन् ।



सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केदार कार्कीसँग पराजित भएका बस्नेतले निरन्तर जनताको माझमा रहेर काम गर्ने बताएका छन् ।

उनले सोहि अभियान अन्तर्गत जनताको घर दैलोमा पुगेर जनताले मत मार्फत देखाएको अपार मायालाई शक्तिको रुपमा सञ्चय गर्दै जनताको हरेक समस्या समाधानका लागि कृयाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफ्नो क्षेत्रको विकासलागि सदैव जनताको साथमा रहेर जनप्रतिनिधिलाई खबरदारी गर्ने मात्रै नभई क्षेत्रको विकासका निम्ति बजेट ल्याउन पहलकदमी समेत लिने बताएका छन् ।

बस्नेतले विराटनगर– ५ स्थित दावन्दिमा पुगेर जनतालाई धन्यवाद दिँदै सदैव साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट