स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखियो – माधव नेपाल-Sutra News

स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखियो – माधव नेपाल

बिहिबार, २६ साउन २०७९

बिहिबार, २६ साउन २०७९

काठमाडौँ – नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताएका छन् । बिहिबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा गरेका हुन् ।



उनले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताए ।

उनले भने – ‘म बाट सुरु गर्ने प्रवृत्ति व्याप्त गरेको र म ले पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र म भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्छ ।’ कार्यक्रममा उनले आफ्ना कार्यकर्ताहरुलाई असल कार्य गरेर देखाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट