गठबन्धनमा आवद्ध हुने बाबुरामको चाहाना, प्रचण्ड र नारायणकाजीलाई पनि भेटे-Sutra News

गठबन्धनमा आवद्ध हुने बाबुरामको चाहाना, प्रचण्ड र नारायणकाजीलाई पनि भेटे

बिहिबार, २६ साउन २०७९

बिहिबार, २६ साउन २०७९

काठमाडौं – निर्वाचनको मिति सार्वजनिक भएसँगै अहिले विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुको दौडधुप बढीरहेको छ ।



बिहिबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भटराईले भेट गरेका छन् । जापानको भ्रमण सकेर बुधबार मात्र स्वदेश फर्केका प्रचण्डलाई भेट गर्न बाबुराम बिहानै हात्तीवन पुगेका हुन् ।

प्रचण्ड र बाबुराम बीचको भेटवार्तामा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । उनीहरुबीचको भेटवार्तामा चुनावी तालमेल, पार्टी एकता लगायतका बिषयमा छलफल भएको एक नेताले बताए।

‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ बाबुराम निकट एक नेताको भनाइ छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग्गिएका बाबुराम अहिले सत्ता गठबन्धनमा समेल हुन चाहेका छन् । यसै कारण उनले गठबन्धन दलका शिर्ष नेताहरुसँगको भेट बढाउँदै लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट