५६ दिनको प्रहरी हिरासतले फेरिएको -यापर ‘लाहुरे’को जीवन र अनुभव : यसरी सुनाए आफ्नो कहानी-Sutra News

५६ दिनको प्रहरी हिरासतले फेरिएको -यापर ‘लाहुरे’को जीवन र अनुभव : यसरी सुनाए आफ्नो कहानी

बुधबार, २९ असार २०७९

बुधबार, २९ असार २०७९

सुन्दर पोखरा । जसलाई लाहुरेहरुको शहर भनेर पनि चिनीन्छ । त्यही लाहुरेहरुको शहर पोखरामा जन्मिएका हुन् ¥यापर आशिष राना उर्फ ‘लाहुरे’। उनको बाल्यकाल पनि पोखरामा नै बित्यो । लाहुरेहरुकै समाजमा हुर्कीएका उनलाई पनि सानैदेखी लाहुरे बन्ने रहर लाग्यो । एसएलसीको पढाइ सकाएर उनी लाहुरे बन्ने तयारीमा लागे । शारीरिक र मानसिक रुपमा आफूलाई तयार गरेर लाहुरेमा भिड्न गएका उनी असफल भए ।



सानै देखि सजाएको सपना टुटेपछि उनी डीप्रेसनको सिकार बनें । डीप्रेसनको सिकार बन्दै गर्दा साथीभाईको सरसंगतले उनी लागुऔषध सेवन तीर लागे । उनी वास्तविक जिवनमा लाहुरे नभए पनि ¥यापर लाहुरे बनें । उनी २०१३ देखी र्‍याप ब्याटलबाट चर्चित भएका हुन्।

युवा पुस्ताले सर्वाधिक रुचाएका कलाकार समेत हुन् लाहुरे । त्यतीमात्र होइन उनी रियालिटी शो हिमालय रोडिजका जज, गीत लेखक तथा अभिनेता समेत हुन्। उनले गीत–संगीत हुँदै ुतान्डवु नामक फिल्ममा समेत अभिनय गरेका छन्। उनै लाहुरेलाई २०७८ पुस १४ गते कास्की प्रहरीले लागूऔषध मुद्दामा पक्राउ ग¥यो । लागूऔषधकै मुद्दामा ५६ दिन हिरासतमा बसिसकेका छन् । लागुपदार्थ सेवन गर्ने गरेको कुरा आफै स्विकार्दै त्यही ५६ दिनको हिरासत बसाइले लामो समयदेखिको लत छुटेको लाहुरेले बताउँदै आएका छन्। लागुपदार्थ विरुद्धको अभियानमा सघाउन लागीपरेका उनी अहिले त उ लागुपदार्थका विरुद्ध लड्न सबैलाई प्रेरित गरिरहेका हुन्छन्। एकहप्ता अघि मात्रै उनले लागुपदार्थकै विषयमा केन्द्रित बिरामी बोलको गीत पनि सार्वजनिकगरेका छन्। त्यही गीत सार्वजनिकका क्रममा आयोजाना गरिएको कार्यक्रममा उनले १० वर्षदेखि लागुऔषध सेवन गरिरहदाको अनुभव र हिरासतमका त्यी ५६ दिनलाई यसरी सम्झिएका छन् ।

उनले एक कार्यक्रममा विगतका दिनहरु सम्झिँदै भने –
मैलै लगभग दश बाह्र वर्षनै ड्रक्स सेवन गरे होला । हरेक बिहान मैले डोज लिदै गर्दा यो मैले छोड्नुपर्छ यार भन्ने कुरा दिमाग र मनमा दुबैमा आउथ्यो । तर जति दिमाग र मनमा आएपनि आफ्नो शरीरले मागेको हुन्छ । त्यसैले यदी डोज पुगेन भने बिरामी नै भइन्छ । बोमिट हुने डायरीया हुने काम नै गर्न नसक्ने भइन्छ । त्यसकारणले गर्दा पनि मलाई छोड्न एकदम गाह्रो भयो । ड्रक्स सेवन गर्ने क्रम झन् बढ्दै बढ्दै गयो । आफुसंग भएको बेला त म दिनभरी रातभरी जतीबेला पनि लिइराख्थे । दिनरात बितेको पनि थाहाँ हुदैनथ्यो ।

त्यो समय मेरो ओछ्यान् ट्याब सब चुरोटले डठेको हुन्थ्यो तर मलाई थाहा हुन्थेन । कहिले कसो साथमा साथी हुन्थे तर धेरै जस्तो म एक्लै नै हुन्थे । ड्रक्स एकदमै महङ्गो हुने भएकाले अरुलाई खुवाउन सकिदैनथ्यो आफैलाई पु¥याउन पनि कठीन हुने हुनाले ड्रगीस्टहरु अलि लोभी अनि सेल्फीस टाइपका हुन्छन् त्यसकारण पनि सकेसम्म एक्लै नै बसेर आफुनै धेरै डोज खाने गर्थे । दश बाह्र वर्षको अन्त्रालमा मैलै ड्रक्स सेवन गरेर दुई करोड भन्दा माथी सके होला । खाने मान्छेले त मेरो कुरा पत्याउलान् तर नखाने मान्छेले त पत्याउदा पनि पत्याउदैनन् होला ।

खान छोड्छु यो कुरा नराम्रो हो भन्ने कुरा मलाई पहिल्यै देखी थाहाँ थियो । हरेक चोटी डोज लिदा अब म यो छोड्छु भनेर कसम खान्थे तर हरेक चोटी त्यो कसम ब्रेक हुन्थ्यो कीनकी मेरो कसम भन्दा ड्रक्सको लत एकदम बलीयो थियो । छोड्छु भन्ने हुदाहुदै पनि शारीरीक रुपलेनै साथ दिदैनथ्यो । फेरी मेरो कन्सर्टहरु पनि हुन्थ्यो दुई महीना तीन महीना बिरामी भएर ढलेर बस्न पनि सम्भब थिएन मलाई । मेरो नेम एण्ड फेमले गर्दा झनै यसमा म डुब्दै डुब्दै गए । किनभने लाहुरे भन्ने जता गए पनि खानेहरु, दिनेहरु, भेटीने अफर गर्ने गर्थे । म ५६ दिन कस्टडीमा बसें । तर मेरो लिगल केशचै स्टील रनीङनै छ ।

५६ दिन कस्टडीमा बस्दा सूरुको एकमहीना चै एकदमै गाह्रो भयो । खानाहरु पनि रुच्थेन । मलाई त्यहाँ भित्रकै साथीहरुले दालहरु मात्र दिइराख्नु हुन्थ्यो । कानुनको बन्दनमा परेपछि मान्छेहरु पावरलेस हुन्छ म पनि त्यस्तै भए । कस्टडी भन्दा अघि म हिाब पनि बसेको हो तर त्यहाँ घुर्की लगाउने मै हुँ भन्ने खालको फिल हुन्छ म अरु जस्तो कहाँ होर म त कही काही मात्र खाने हो भनेर घुर्की लगाइन्छ । अनि त्यहाँट निस्केपछि फेरी खाने भन्ने हुन्छ तर ५६ दिनसम्ममा म चै पावर लेस भएं । पावर लेस भएकै कारण मैलै त्यो सेवन गर्न सकिन । पछि पछि मलाई कास्की जिल्लाको प्रहरी प्रमुख एसपी सापले पनि माथी लगेर पसैनली नै मलाई मोटीभेट गर्नुहुन्थ्यो । उहाँले मलाई भन्नुहुन्थ्यो तपाई यहाँबाट निस्कीसकेपछि हामी ‘लागूऔषधविरुद्ध अभियान संञ्चालन गर्छौ । तपाई त्यसको अभियन्ता भएर मोटीभेशनल स्पीच दिनुपर्छ भन्नुहुन्थ्यो अनि त्यस्तो कुराले पनि मलाई अलि मोटीभेसन ग¥यो । काधमा जिम्मेवारी थमाइदिइसकेपछि मान्छे सुर्धिने रहेछ ।

नेपाल प्रहरीलाई मान्छेले हेर्ने टुष्टिकोण एकदम नेगेटीभ छ तर मेरो अनुभवमा पुरानो मलाई थाहा भएन तर कास्की जिल्ला प्रहरीमाा मैले भोगको अनुभको आधारमा अहिलेको नयाँ जेनेरेशनको प्रहरीहरु सबै एकदमै फ्रेन्डी हुनुहुन्थ्यो र उहाँहरुले त्यस्तो केही नराम्रो ब्यबहार पनि गर्नुभएन । लभ एण्ड केयर मात्र गरेको मैलै पाएं । ड्रक्सको लतमा फसेर सुध्रिएका मानीसहरुलाइ शारीरीक र मानसीक रुपमा ठीक भए पनि समाजमा गएर पुनस्थापना हुन भने एकदम गाह्रो हुन्छ । किनभने समाजका मानिसले अपराधीको नजरले हेरेका हुन्छन् र छीरछीरदुरदुर गर्छन् । समाजको यो मेन्टालीटी पनि आजको भोलीनै चेञ्ज हुने कुरा पनि होइन । त्यसैले त्यही मेन्टालीटी चेञ्ज गर्न सोसल अर्वानेस कार्यक्रमहरु राखीएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट