माधव नेपालका कुराहरु सुन्दैनन् गठबन्धनका नेताहरु, मन्त्री फिर्ता बोलाउने प्रयास कहाँ पुग्यो ?-Sutra News

माधव नेपालका कुराहरु सुन्दैनन् गठबन्धनका नेताहरु, मन्त्री फिर्ता बोलाउने प्रयास कहाँ पुग्यो ?

बुधबार, ८ असार २०७९

बुधबार, ८ असार २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता ल्याउने भने पनि अझै कार्यान्वयन हुन सकिरहेको छैन । पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।



नयाँ पठाउने मन्त्रीको नाम समेत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको बताइएको थियो । तर मन्त्री फिर्ता गराउने काम अझै अुन सकिरहेको छैन । सत्ता गठबन्धनको बैठकमा पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कुरा कसैले नसुनेको देखिन्छ ।

आफ्ना कार्यकर्ताको माग अनुसार मन्त्री फेर्न गठबन्धनको बैठकमा अध्यक्ष नेपालले कुरा उठाएपनि वास्ता नगरिएको देखिन्छ । अध्यक्ष नेपाल यहि निर्णयका प्रतिक्षामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको निर्णय कार्यान्वयन गर्ने वाचा गरेपछि नेपाल निर्णय कुरिरहेका छन् ।

गएको जेठ २२ गतेको पार्टीको बैठकमा पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यस्तै नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो । तर यो निर्णय गरेको आधा महिना बित्दा पनि यो प्रक्रिया शुरु हुन सकेन । एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।

गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा पनि मन्त्री फेर्ने कुरा चलिरहेकोले यो प्रक्रिया ढिला भइरहेको बताइएको छ । माओवादीमा बजेटको विवादका कारण अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब आइरहेको छ ।कांग्रेसभित्र पनि गृहमन्त्री बालकृष्ण खाँणलाई फिर्ता बोलाएर अर्को मन्त्री राख्ने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट