ओलीजस्ता नक्कली कम्युनिष्ट नेता धेरै छन्, समयमै नांगेझार पार्नुपर्छ – झलनाथ (भिसडयोसहित)-Sutra News

ओलीजस्ता नक्कली कम्युनिष्ट नेता धेरै छन्, समयमै नांगेझार पार्नुपर्छ – झलनाथ (भिसडयोसहित)

शनिबार, २८ फाल्गुन २०७८

शनिबार, २८ फाल्गुन २०७८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने बताएका छन् ।



एकीकृत समाजवादीको भक्तपुर नगर समितिले गरेको नगरस्तरीय भेलामा बोल्दै नेता खनालले सो कुरा गरेका हुन् ।

उनले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको उनको भनाई छ ।

उनले भने ‘ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अव चिनेर भ्रम हटाउनुपर्छ’ । उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट