ट्याक्सीको भाडादर समायोजन, ‘फ्लाग डाउन’ ६० रुपैयाँ-Sutra News

ट्याक्सीको भाडादर समायोजन, ‘फ्लाग डाउन’ ६० रुपैयाँ

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

बागमती प्रदेशबाट स्वीकृतिलाई सञ्चालन भइरहेको ट्याक्सीको भाडादर समायोजन भएको छ । पुस २० सम्पन्न मन्त्रिस्तरीय बैठकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरेको हो ।



परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरू ‘फ्लाग डाउन’ ६० रुपैयाँ कायम गरिएको छ ।

त्यसपछि सुरूको एक किलोमिटर यात्रापछि प्रतिदुई सय मिटरको ९ रुपैयाँ असी पैसाका दरले थप हुने गरी भाडा दर कायम गरिएको प्रदेशको यातायात मन्त्रालयले जनाएको छ ।

ट्याक्सीहरूले पूर्णरूपमा मिटरको प्रयोग नगरेमा कारबाही गरिनेसमेत मन्त्रालयले जानकारी दिएको छ ।

ट्याक्सी चालकले सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको नेपाली तथा अंग्रेजी भाषामा लेखिएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट