सर्वोच्च अदालतको विवादबारे नेपालले भने – यो सबै ओलीका कारण भएको हो-Sutra News

सर्वोच्च अदालतको विवादबारे नेपालले भने – यो सबै ओलीका कारण भएको हो

बिहिबार, ११ कार्तिक २०७८

बिहिबार, ११ कार्तिक २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको विवादको प्रमुख कारण एमाले अध्यक्ष केपी शर्मा ओली रहेको आरोप लगाएका छन् ।



बिहीवार कैलालीको धनागढी पुगेका अध्यक्ष नेपालले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै ओलीले नै न्यायालयलाई निष्पक्ष ढंगले काम गर्न नदिएको आरोप लगाएका हुन् ।

‘यो बिगार्ने सबै केपी ओली नै हो, उनले न्यायपालिकालाई अनावश्यक लान्छना लगाएका छन् र हस्तक्षेपकारी भूमिका खेलेका छन्,’ अध्यक्ष नेपालले भने, उनले आफ्नो पक्षमा नभएका कसैलाई पनि देख्न सक्दैनन् ।’

उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउने विषयमा सत्तारूढ गठबन्धनभित्र कुनै छलफल नभएको बताए ।

सर्वोच्च अदालतका १५ न्यायाधीशले इजलास बहिष्कार गरेपछि यतिबेला प्रधानन्यायाधीश जबरा तनावमा छन् । न्यायाधीशहरूको बैठकले उनको राजीनामालाई बटमलाइन बनाएका छन् ।

सत्तारूढ गठबन्धनमा भाग खोजेको भन्दै जबरामाथि महाभियोग लगाउनुपर्ने आवाजसमेत उठेको छ । तर जबराले भने आफू विधिसम्मत ढंगबाट प्रधानन्यायाधीश भएकाले विधिसम्मत ढंगबाटै बहिर्गमन हुने तर राजीनामा भने नदिने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट