राष्ट्रियसभा बैठक बस्दै, के-के छन् कार्यसूची-Sutra News

राष्ट्रियसभा बैठक बस्दै, के-के छन् कार्यसूची

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौं- राष्ट्रियसभाको बैठक आज बस्दै छ । मंगलबार बिहान ११ बजे बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।



बैठकमा ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि पेस हुने कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६ पनि छलफलका प्रस्ताव गरिने र पारित गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट