एमालेको केन्द्रीय कमिटीद्वारा अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित-Sutra News

एमालेको केन्द्रीय कमिटीद्वारा अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौं- नेकपा (एमाले) को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ ।



प्रस्तावित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान राखिएको सो पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

यस प्रकारको प्रावधान मातहतका कमिटीमा पनि लागू हुनेछ । पत्रकारको प्रश्नमा प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्षका नेता माधव नेपाललगायत नेताहरूलाई पार्टी गतिविधिमा फर्कन जतिबेला पनि ढोका खुला रहेको तर पार्टीका नियमित गतिविधिलाई अनन्तकालसम्म रोकेर पर्खन नसकिने स्पष्ट गरे ।

यस अघि आजै स्थायी कमिटीको बैठक सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट