ओलीले देउवा सरकारलाई भने- अपवित्र गठबन्धन-Sutra News

ओलीले देउवा सरकारलाई भने- अपवित्र गठबन्धन

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले जनताको जनप्रिय सरकारलाई ढाल्न गठबन्धन बनाइएको आरोप लगाएका छन् ।



सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । बैठकमा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सरकार लोकतान्त्रिक बाटोबाट होइन अपवित्र गठबन्धन बनेर आएकोसमेत बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘साँठगाँठ गरेर बनाइएको देशभक्त शक्तिविरूद्ध यो गठबन्धन बनेको हो। जनप्रिय सरकारलाई ढाल्न बनाइएको गठनबन्धन हो।’

त्यस्तै अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई अपवित्र र अलोकतान्त्रिक गठबन्धनको संज्ञासमेत दिएका छन् ।

सर्वोच्च अदालतले परमादेश दिएसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट