मुख्यमन्त्री पद जोगाउन सर्वोच्च गुहार्दै पोखरेल-Sutra News

मुख्यमन्त्री पद जोगाउन सर्वोच्च गुहार्दै पोखरेल

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध  दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।



अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सोमबार एमालेका नेताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेश सांसद लिला गिरीले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गरेको छ ।

मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमाथि छलफल गर्न २७ साउनमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।

मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट