आयोगले दियो झड्का- जसपाका महन्थसहित १६ नेता पार्टीविहीन-Sutra News

आयोगले दियो झड्का- जसपाका महन्थसहित १६ नेता पार्टीविहीन

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टीका महन्थ ठाकुरसहित १६ जना नेता आजदेखी पार्टीविहीन बनेका छन् ।



निर्वाचन आयोगले (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेपछि उनीहरु पार्टीविहिन भएका हुन् ।

अध्यक्ष उपेन्द्र यादवले आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात आयोगमा पेश गरेका थिए ।

जसपाबाट १६ नेता आउट भएसँगै अब केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ ।

उनीहरुको सांसद पद भने अझै सुरक्षित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट