भूमि आयोग तत्काल गठन गर्न देउवालाई जिल्ला सभापतिहरुको चेतावनी-Sutra News

भूमि आयोग तत्काल गठन गर्न देउवालाई जिल्ला सभापतिहरुको चेतावनी

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले सरकारले गरेको भूमिसम्बन्धी आयोग  खारेजीको निर्णयको विरोध गरेका छन् ।



त्यस्तै उनीहरुले भूमिसम्बन्धी आयोग तत्काल गठन गर्न पनि माग गरेका छन् ।

सोमबार बसेको जिल्ला सभापतिको बैठकमा नेताहरुले यस्तो कुरा उठाएका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि समस्या समाधान आयोग सरकार फेरीएलगत्तै खारेज भएको थियो ।

सरकारको उक्त निर्णयलाई एमालेले चर्को विरोध गरेको छ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले केही दिनअगाडी एक विज्ञप्ति सार्वजनिक गर्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग राखेका थिए ।

संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरूले यसलाई गठन गरेर भूमिहीनहरुलाई जग्गा दिनुपर्ने माग राखेका हुन् ।   

आजको जिल्ला सभापतिको बैठकमा ४७ जिल्लाका नेताहरु उपस्थित भएको दाबी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट