उपप्रधानमन्त्री नपाउने भएपछि उपेन्द्र यादव तनावमा-Sutra News

उपप्रधानमन्त्री नपाउने भएपछि उपेन्द्र यादव तनावमा

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका जनता समाजवादी पार्टी जसपाका नेताहरु अहिले मन्त्री बन्ने दाउमा रहेका छन् ।



जसपाका नेताहरुले आफूभित्रै मन्त्रीको भाग लगाइरहेका छन् । भन्नुपर्दा उपेन्द्र यादवले उपप्रधानमन्त्री ताकेर बसेका छन् ।

स्रोतका अनुसार उनलाई उपप्रधानमन्त्री बनाउन नमिल्ने  देउवाको जवाफ छ । उपेन्द्रलाई उपप्रधानमन्त्रीबाहेक अन्य पदमा राख्न बालुवाटार ठिक्क छ ।

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले पनि सरकरमा आफ्नो सम्मानजनक उपस्थिति खोजिरहेको छ । आफ्नो पक्षबाट उपप्रधानमन्त्री बनाउनुपर्ने पौडेल पक्षको माग रहेको छ ।

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीको शपथ लिएका देउवाले अहिलेसम्म कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना मन्त्री नियुक्त गरेका छन् । यतिका दिनसम्म सरकारलाई पूर्णता दिन नसक्दा काँग्रेस भित्रैका नेताहरुले विरोध गर्न सुरु गरेका छन् ।

यता एमालेको माधव नेपाल पक्षले सरकारमा जाने या नजाने भन्ने विषयमा हालसम्म निर्णय गर्न सकेको छैन । देउवाले नेपालको कारण मन्त्रिपरिषद विस्तार हुन् नसकेको कारण देखाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट