कांग्रेसमा १४ औं महाधिवेशन विवाद: जिल्ला सभापतिहरुको भेला गर्दै पौडेल समूह-Sutra News

कांग्रेसमा १४ औं महाधिवेशन विवाद: जिल्ला सभापतिहरुको भेला गर्दै पौडेल समूह

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूनिकटका जिल्ला सभापतिहरुको भेला गर्दै छ ।



क्रियाशील विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएपछि डाकिएको पौडेल समूहको जिल्ला सभापतिहरुको भेला काठमाडौंको ठमेलमा केहीबेरमा सुरु हुन लागेको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिए ।

पौडेल समूहबाट एउटै उम्मेदवार हुनुपर्ने, अधिवेशनको सुनिश्चितता गर्नुपर्ने, क्रियाशील सदस्यहरुको विवरण तुरुन्त सार्वजनिक गरेर जिल्ला पठाउनुपर्ने, क्रियाशीलमा धाँधली भएको भए सच्याउन समय दिनुपर्ने जस्ता विषयमा छलफल गरी दबाब दिने उद्देश्यले भेला डाकिएको सभापति लामाले जानकारी दिए ।

देउवाप्रति पौडेलको टिप्पणी- सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन् देउवाप्रति पौडेलको टिप्पणी- सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्

महाधिवेशन आउन तीन हप्ता अघि राखिएको सभापतिहरुको भेलालई अर्थपूर्ण रुपमा लिइएको । भेलामा महाधिवेशन नहुँदा पार्टीलाई आउने संवैधानिक संकट र त्यसलाई कसरी व्यवस्थापन गर्ने विषमा पनि छलफल हुने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट