एमाले केन्द्रीय कमिटी बैठक बस्दै-Sutra News

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बस्दैछ ।



एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बैठक बस्ने जानकारी दिए ।

त्यसअघि स्थायी कमिटी बैठक पनि बस्नेछ । यसअघि आइतबारका लागि तय भएको बैठक स्थगित गरेर सोमबारका लाग तय गरिएको हो ।

बैठक स्थगित गरेर आइतबार दिनभर नेताहरुबीच पार्टी एकतालगायतका विषयमा आन्तरिक छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट