सबै दलहरुलाई सहमति र सहकार्य गरेर प्रदेशमा देखिएको राजनीतिक समस्या समाधान गर्न शेरचनकाे आग्रह-Sutra News

सबै दलहरुलाई सहमति र सहकार्य गरेर प्रदेशमा देखिएको राजनीतिक समस्या समाधान गर्न शेरचनकाे आग्रह

आइतबार, २४ साउन २०७८

आइतबार, २४ साउन २०७८

काठमाडौं- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सबै दलहरुलाई सहमति र सहकार्य गरेर प्रदेशमा देखिएको राजनीतिक समस्या समाधान गर्न आग्रह गरेका छन् ।



आइतबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयको तेस्रो स्थापना दिवस स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै शेरचनले निषेधको राजनीतिले कसैको भलो नहुने भन्दै प्रदेशमा देखिएको राजनितिक जटिलता समाधान गर्न सबै दलहरुलाई सहमति र सहकार्य गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

शेरचनले अहिले देखिएको समस्या समाधान गर्न संवैधानिक बाटो रोज्नुको विकल्प नभएको तर्क गरे ।

संवैधानिक बाटोमा जाँदा अल्पमत,बहुमत देखिनुु स्वाभाविक रहेको बताउँदै शेरचनले सबैले कसैसगँ पूर्वागह्र नराखी संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख शेरचनले आफूलाई सत्तापक्ष वा प्रतिपक्ष कसैले टाढाको रुपमा नहेर्न समेत आग्रह गरे ।

उनले भष्ट्रचार विकास निर्माणको बाधक भएको बताउँदै भष्ट्रचार जरैदेखीबाट निर्मुल पार्नुपर्नेमा जोड दिए । 

शेरचनले नीतिगत भष्ट्रचार होस् या जेसुकै भष्ट्रचार होस् भष्ट्रचार अन्त्य गर्न आफू लागि पर्ने बताए  । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट