माओवादीले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डाहरु-Sutra News

माओवादीले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डाहरु

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।



बैठक आज दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिस डांडामा बस्ने एक नेताले जानकारी दिए ।

आजको बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो अझै लगाएको छैन ।

माओवादीका धेरै नै सांसदहरु मन्त्री बन्न इच्छा देखाएका छन् ।

केही दिनअगाडी एक कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका धेरै नेताहरुले मन्त्री बन्ने इच्छा देखाएको कारणले आफू तनावमा रहेको बताएका थिए ।

यस्तै यता सत्तारुढ गठबन्धनको कार्यदलले आज साझा न्यूनतम कार्यक्रम शीर्ष नेतालाई बुझाएको छ ।

अबको केही दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सक्ने नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट