समयमै महाधिवेशन नहुने पक्का भएपछि पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुकाे भेला-Sutra News

समयमै महाधिवेशन नहुने पक्का भएपछि पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुकाे भेला

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौँ  । सत्तारुढ दल नेपाली कांग्रेसको नेपाली कांग्रेसको समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।



काँग्रेसको आगामी १४ औं महाधिवेशन समयमा नै हुने सम्भावना लगभग सकिएपछि पौडेल पक्षले सभापतिहरुको भेला बोलाएको हो  ।

सभापतिहरुको भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

कांग्रेसकाे रामचन्द्र पौडेल समूहमा ४८ जना जिल्ला सभापतिहरु रहेका छन् ।

महामन्त्री महामन्त्री डा. शशाङ्क कोइरालाले निर्वाचन समयमा नै सम्भव नभएको बताइसकेका छन् ।

काँग्रेस महाधिवेशनको समय नजिकिंदै गरेको भनेर नेताहरुले नेतृत्व लिने विषयमा छलफल गरेका थिए तर महाधिवेशन सर्ने भएपछि नेताहरुको भेटवार्ता पनि पातलो हुँदै गएको छ ।

समयमा नै महाधिवेशन नभए शेरबहादुर देउवालाई सभापति नमान्ने चेतावनी पौडेल पक्षले दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट