भारतमा घट्दै कोरोना संक्रमण, दैनिक संक्रमित संख्या ८८ दिनयताकै कम-Sutra News

भारतमा घट्दै कोरोना संक्रमण, दैनिक संक्रमित संख्या ८८ दिनयताकै कम

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

कोरोनाको उच्च जोखिममा रहेको भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा कमी आएको छ ।



पछिल्लो २४ घटनामा भारतमा नयाँ कोरोना संक्रमण हुनेको संख्या ५३ हजारमा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको यो तथ्यांक ८८ दिनयताकै कम हो । भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ९९ लाख ३५ हजार नाघेको छ ।

सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ४२२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणको कारण तीन लाख ८८ हजार १३५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट