बडाल महान्यायाधिवक्ता नियुक्त-Sutra News

बडाल महान्यायाधिवक्ता नियुक्त

शुक्रबार, ६ चैत्र २०७७

शुक्रबार, ६ चैत्र २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।



प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको स्रोतले जनाएको छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि उक्त पदको जिम्मेवारी बडाललाई दिइएको हो ।

बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिवसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट