‘संविधानमाथि घात गर्ने कुलाघांर हुन्, कांग्रेसले यही मौकामा स्तनपान गर्न खोज्यो’-Sutra News

‘संविधानमाथि घात गर्ने कुलाघांर हुन्, कांग्रेसले यही मौकामा स्तनपान गर्न खोज्यो’

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता धनराज गुरुङले संविधानमाथि घात गर्ने जोकोही कुलाघांर भएको तर्क दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत संविधान आमा भएको बताउँदै बेहोस भएर लडिरहेकी आमाको स्तनपान गर्नु कुलाघांर भएको बताएका हुन् ।



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादलाई जुम्ल्याहा छोराहरुको झगडा संज्ञा दिँदै एउटा छोराले छेवैमा बसिरहेकी आमाको टाउकोमा ढुंगाले हानेको बताएका छन् । नेकपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेका थिए ।

संसद विघटनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधव कुमार नेपाल पक्षका नेताहरुले ओलीको विरोध गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस भने ओलीसँग मिलेर सत्तामा जाने वा विरोध गर्ने भन्ने विषयमा अन्योल नै रहेको बेला नेता गुरुङले सांकेतिक रुपमा नेतृत्वलाई समेत कुलाघांरको संज्ञा दिएका छन् ।

‘जुम्ल्याहा छोराहरुको झगडाका कारण एउटा छोराले छेवैमा बसिरहेकी आमाको टाउकोमा ढुंगाले हान्यो, आमा बेहोस भएर आँगनमा लडिन्,’ उनले भनेका छन्, ‘संविधान आमा हुन्, आमा बेहोस भएर आँगनमा लडिन्, जुम्ल्याहा छोराहरु त कुलाघांर नै भए, तर अरु छोराहरु (कांग्रेस)ले आमालाई बचाउने कि बेहोस भएर लडिरहेकी आमाको स्तनपान गर्न खोजेर कुलाघांर नै बन्ने हो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट