राष्ट्रपति ट्रम्पले गरिदिए आफ्नै बच्चासहित ७३ जनाको सजाय माफ-Sutra News

राष्ट्रपति ट्रम्पले गरिदिए आफ्नै बच्चासहित ७३ जनाको सजाय माफ

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिएसँगै बुधबार ७३ जनाको सजाय माफ गरिदिएका छन् । सजाय माफ हुनेमा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्याननसमेत रहेका छन् ।



राष्ट्रपति ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै थप ७० जनाको सजाय कटौती गर्नु भएको छ ।” उक्त सजायमा राष्ट्रपति र उनका बालबच्चाको नाम भने समावेश गरिएको छैन ।

ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको मुख्य चुनावी अभियान र नीति हो ।

यस्तै, राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको सजाय माफ भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले आजै ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिँदै
छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट