बच्चा पाएर झाडीमा छाड्ने अविवाहित युवती पक्राउ-Sutra News

बच्चा पाएर झाडीमा छाड्ने अविवाहित युवती पक्राउ

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– काठमाडौंमा बच्चा पाएर झाडीमा छाड्ने २० वर्षीय युवती पक्राउ परेकी छन । उनलाई प्रहरीले पक्राउ गरेको हो ।



महाराजगञ्जस्थित पवित्रनगरको एक झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको थियो । बिहान नवजात शिशु रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ ।

महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने महिला अविवाहित रहेको पत्ता लागेको छ । उनलाई पनि कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट