संविधान कुल्चिएर तानाशाह सुरु, प्रधानमन्त्रीको राजीनामा माग-Sutra News

संविधान कुल्चिएर तानाशाह सुरु, प्रधानमन्त्रीको राजीनामा माग

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– प्रतिनिधि सभा विघटनको विरोधमा नक्कली राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ । बुुधबार काठमाडौँमा ‘नेपाल टिन लिडर्स’को आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमुना संसद बनाई राष्ट्रिय सभाको बैठक गरिएको हो ।



नमुना बैठकमा बोल्दै सहभागीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुर्नस्थापना गर्नु पर्ने बताएका थिए । संविधान कुल्चिएर तानाशाह सुरु गरेकाले खबरदारी गर्न राष्ट्रिय सभाको नमुना बैठक गरिएको लिडर्सका इनिसियटर विशाल केसीले जानकारी दिए ।

सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भएको बताएका थिए । उनीहरुले यसलाई खारेज गर्नु पर्ने भन्दै सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने बताए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट