आफ्नो उपचार खर्च आफैं व्यहोर्छु: डा.केसी-Sutra News

आफ्नो उपचार खर्च आफैं व्यहोर्छु: डा.केसी

शनिबार, २९ कार्तिक २०७७

शनिबार, २९ कार्तिक २०७७

काठमाडौं । कोरोना संक्रमित प्रा.डा.गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा.केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । डा.केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिएका छन् ।

तर, आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गरेका छन् ।

‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा.केसीले भनेका छन्, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट