पछिल्लो २४ घण्टामा दुई हजार २२५ मा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा दुई हजार २२५ मा कोरोना संक्रमण पुष्टि

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेह्र हजार ८४६ नमूना परीक्षण गर्दा एक हजार ४४६ पुरुष र ७७९ महिलामा संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६८१ पुरुष र ४२९ महिला गरी एक हजार ११० संक्रमित थपिएका छन् ।

प्रदेश नं १ मा २२२, प्रदेश नं २ मा ८४, वाग्मतीमा एक हजार २१७, गण्डकीमा १४५, लुम्बिनीमा ३७३, कर्णालीमा ४२ र सुदूरपश्चिममा १४२ नयाँ संक्रमित फेला परेका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । संक्रमितमध्ये ६८ प्रतिशत अर्थात् एक लाख पाँच हजार ७९० पुरुष र ३२ प्रतिशत अर्थात् ४९ हजार ४४३ महिला छन् ।
 
 पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको संख्या एक लाख आठ हजार ३३४ पुगेको छ जुन कुल संक्रमितको ६९.८ प्रतिशत हो । सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट