नाम्खा गाउँपालिका प्रमुख भन्छन्– ११ नं पिलर भेटिएपछि मात्र चीनले भूमि मिचे–नमिचेको थाहा हुन्छ (अन्तर्वार्ता)-Sutra News

नाम्खा गाउँपालिका प्रमुख भन्छन्– ११ नं पिलर भेटिएपछि मात्र चीनले भूमि मिचे–नमिचेको थाहा हुन्छ (अन्तर्वार्ता)

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काठमाडौं– हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चामा चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि नेपाल–चीनबीच सीमा समस्या सतहमा आएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली सीमा क्षेत्र पुगेर सदरमुकाम सिमिकोट फर्कंदै पनि छ।



खासमा २०१९ मा स्थापना गरिएको ११ नम्बर पिलर नभेटिएपछि सोही क्षेत्रमा दुई देशबीच सीमा समस्या देखिएको हो। नेपालले दावी गरेको भूमिका चिनियाँ पक्षले निर्माण गरेको भवन क्षेत्र स्थानीय नेपालीहरुले चरिचरनको रुपमा प्रयोग गरेको दावी स्थानीय जनप्रतिनिधिहरुको छ भने चीनले मंगलबार साँझ विज्ञप्ति जारी गरी ती भवनहरु चिनियाँ भूमिमै रहेको दावी गरेको छ।

‘चीन र नेपाल मित्रवत छिमेकी हुन्, चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ। मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ’ चिनियाँ दूतावासको विज्ञप्तीमा भनिएको छ, यो कुरा नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ।’

चिनियाँ दूतावासले चीन र नेपालबीच सीमा विवाद नरहेका दावी गर्दै दुबै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएको पनि उल्लेख गरेको छ। त्यहाँ सीमा विवाद कसरी सिर्जना भयो? यो विवाद कसरी समाधान हुन्छ? लगायतका विषयमा सम्बन्धित नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) सँग सूत्रन्युजले गरेको कुराकानी :

मंगलबार साँझ चिनियाँ दूतावासले चाहिँ त्यो आफ्नो भूभाग भएको दावी गरेको छ। यसबारे के भन्नुहुन्छ?

११ नम्बर पिलर हराएकाले अहिलेको समस्या सिर्जना भएको हो। अहिले जहाँ चिनियाँहरुले भवन बनाएका छन्, १२ नम्बर पिलर त्यो भन्दा १–२ किलोमिटर उत्तरमा छ। १२ नम्बर पिलर त्यो भन्दा उत्तरमा छ ११ नम्बर पिलर पनि त्यसैको समानान्तरमा होला भन्ने आधारमा त्यो भूभाग नेपालको हो भन्ने हाम्रो भनाइ हो।

११ नम्बर पिलर कहिलेदेखि हराएको हो त?

त्यो त कसैलाई थाहा छैन। सीमाङ्कन भएपछि वि.सं २०१९ मा नेपाल–चीनबीचको सीमानामा सीमा स्तम्भहरु बनेका हुन्। त्यसपछि सीमास्तम्भ रहेको ठाउँमा कोही पनि गएको छैन। एक हिसावले सीमास्तम्भ रहेको ठाउँमा राज्य पुगेकै थिएन भन्दा हुन्छ।

सीमानामा समस्या आएपछि १२ नम्बर पिलर रहेको ठाउँमा हिजो (६ असोज) प्रशासन र प्रहरी पुगेको छ। वि.सं २०१९ मा पिलर स्थापना भएपछि त्यहाँ राज्यको उपस्थिति भएको यसै पटक हो।

सबैभन्दा पहिले त ११ नम्बर पिलरको खोजी हुनुपर्यो। यो काम राज्यले गर्नुपर्यो। लामो समयसम्म सीमाको रेखदेख नभएकाले अहिले विवाद देखिएको हो। ११ नम्बर पिलर भेटिएपछि मात्र त्यो ठाउँ कसको हो भन्ने कुरा यकिन हुन्छ। व्यवहारिक रूपमा त्यो ठाउँ नेपालीहरूले उपभोग गर्दै आएको ठाउँ हो। कानूनी रूपमा कसको हो भन्ने चाहिँ ११ नम्बर पिलर भेटिएपछि नै पुष्टि होला।

सीमा स्तम्भ हराएको जानकारी कसरी भयो त? 

पहिले उनीहरुले त्यहाँ २ वटा भवन बनाएका थिए। त्यहाँ चिनियाँ सेनाको अस्थायी क्याम्प पनि थियो। तर, यस पटक चाहिँ उनीहरुले थप ९ वटा भवन बनाएछन्। त्यसपछि सीमानाको खोजी हुन थालेको हो।

त्यो भूमि नेपालको हो भन्ने आधार के हो?

जहाँ चिनियाँ पक्षले भवन बनाएको छ, त्यो स्थानीयवासीले चरिचरनको रुपमा प्रयोग गर्दै आएको ठाउँ हो। अर्थात्, त्यहाँ हाम्रो उपभोग थियो। त्यहाँसम्मको सडक पनि हामीले नै बनाएका हौँ। हामीले बाटो बनाउँदा चिनियाँ प्रतिनिधिहरु पनि उपस्थित थिए। यस हिसावले पनि त्यो हाम्रो भूमि हो भन्ने हाम्रो भनाइ हो।

यो विवादको समाधान कसरी होला त? 

सबैभन्दा पहिले त ११ नम्बर पिलरको खोजी हुनुपर्यो। यो काम राज्यले गर्नुपर्यो। लामो समयसम्म सीमाको रेखदेख नभएकाले अहिले विवाद देखिएको हो। ११ नम्बर पिलर भेटिएपछि मात्र त्यो ठाउँ कसको हो भन्ने कुरा यकिन हुन्छ। व्यवहारिक रूपमा त्यो ठाउँ नेपालीहरूले उपभोग गर्दै आएको ठाउँ हो। कानूनी रूपमा कसको हो भन्ने चाहिँ ११ नम्बर पिलर भेटिएपछि नै पुष्टि होला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट