नेकपाका ६१ सांसदले संयुक्तरुपमा भने- पार्टी एकता विरोधी क्रियाकलापलाई निस्तेज पार्छौं-Sutra News

नेकपाका ६१ सांसदले संयुक्तरुपमा भने- पार्टी एकता विरोधी क्रियाकलापलाई निस्तेज पार्छौं

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- पार्टीको आन्तरिक विवाद फुटसम्म जान नहुने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ सांसदहरूले हस्ताक्षर सार्वजनिक गरेका छन्।



आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर सार्वजनिक गर्दै ती सांसदहरुले ३ बुँदे प्रतिबद्धता पनि जनाएका छन्।

हस्ताक्षरमा सहभागी हुनेहरुमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षका छन्। उनीहरुले पार्टी एकताविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।

‘पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तर्विरोधलाई मूर्त वा अमूर्त ढंगले, टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामजिक सञ्जाल, सडक चोकहरु आदि माध्यमबाट सार्वजनिक ढंगले पक्षविपक्षमा अभिव्यक्ति दिनेमा सहभागी हुनेछैनौं र त्यस प्रकारका पार्टी एकताविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौं,’ प्रतिबद्धताको बुँदा नम्बर ३ मा भनिएको छ।

यस्तो छ तीन बुँदे प्रतिबद्धता

१. यसभन्दा अगाडि विगतमा हाम्रो पार्टीभित्र रहेका विभिन्न विचार समूहमा उपल्लो नेतृत्व तहहरुसँगै विभक्त भए पनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा हामी प्रतिबद्ध छौं।

२. पार्टीमा हुने र देखिने सबै प्रकार र रुपका अन्तर्विरोधहरुलाई पार्टीको विचार सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा वस्तुवादी समाधानहरु खोज्न हामी प्रतिबद्ध छौं।

३. पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तर्विरोधलाई मूर्त वा अमूर्त ढंगले, टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामजिक संजाल, सडक चोकहरु आदि माध्यमबाट सार्वजनिक ढंगले पक्षविपक्षमा अभिव्यक्ति दिनेमा सहभागी हुनेछैनौं र त्यस प्रकारका पार्टी एकताविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौं।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट