बुद्धसम्बन्धी भारतीय विदेशमन्त्रीको प्रचार तथ्यहीन र आपत्तिजनक : नेपाल-Sutra News

बुद्धसम्बन्धी भारतीय विदेशमन्त्रीको प्रचार तथ्यहीन र आपत्तिजनक : नेपाल

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बुद्धसम्बन्धी भारतीय विदेशमन्त्रीको प्रचार तथ्यहीन र आपत्तिजनक भएको बताएका छन्।



‘भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,’ नेता नेपालले फेसबुकमा लखेका छन्, ‘ ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाटसमेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बॉकी नरहँदा–नरहँदै बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु।’

शनिबार भारतीय उद्यमी तथा व्यवसायीहरूको संगठन कन्फिडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा आयोजित भर्चुअल सम्मेलनमा जयशंकरले भारतका दुई महान् व्यक्तिमा बुद्ध र महात्ममा गान्धी भएको बताएका थिए। यी दुईलाई विश्वले नै महान् भारतीयका रूपमा चिनिने उनको भनाइ थियो।

दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भारत बुद्धको भूमि भएको दाबी गरेका थिए।

मोदीको उक्त भनाइको नेपालमा निकै विरोध भएको थियो। तैउनी नेपाल भ्रमणमा आएका बेला व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट