पार्टी एकताका पक्षमा नेकपाका ६१ जना सांसदको हस्ताक्षर-Sutra News

पार्टी एकताका पक्षमा नेकपाका ६१ जना सांसदको हस्ताक्षर

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- पार्टीको आन्तरिक विवाद फुटसम्म जान नहुने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरूले हस्ताक्षर सार्वजनिक गरेका छन्।



आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर सार्वजनिक गरिएको हो। सांसद् नारदमुनी रानाले पार्टी भिजान नगर्न चेतावनी दिन हस्ताक्षर सार्वजनिक गरिएको र त्यसमा सबै पक्षका सहभागी भएको बताए।

केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुले हस्ताक्षर गरी सिंहदरवारमा आइतबार सार्वजनिक गरिएको हो।

अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका जम्मा ६१ सांसदहरुले पार्टी एकताका पक्षमा हस्ताक्षर गरेका छन्।

सांसद कृष्णप्रसाद दाहालका अनुसार अहिलेसम्म संकलन भएका ६१ जना सांसदको हस्ताक्षर अध्यक्ष र महासचिवलाई बुझाइने छ।

१३ साउनमा रोकिएको नेकपा स्थायी कमिटी बैठक अहिलेसम्म बस्न सकेको छैन।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले नेताहरु झलनाथ खनाल, सुवास नेम्वाङसहित लगातार बैठक गरेपनि निकास दिन सकेका छैनन्।

दुबै आ-आफ्नो अडानमा कायमै रहेपछि पछिल्लो समय ओली र प्रचण्डबीच सम्वादहिनता नै छाएको थियो।

त्यसलाई तोड्दै ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए।

पौडेल र पोखरेलसँगको भेटमा प्रचण्डले आफू पार्टी एकताको पक्षमा भएको बताउँदै सहमतिका लागि ओली लचक हुनुपर्ने बताएका थिए।

हस्तारक्षरकर्ता सांसद्हरु

nekapa2.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट